१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रदेश अस्पताल सुर्खेत कोराेना संक्रमितले भरिए, अक्सिजनको अभाव


0
Shares

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा दिनहुँ संक्रमित बढ्दै जादा प्रदेश अस्पताल सुर्खेतका कोभिड वेडहरु भरिएका छन् ।

संक्रमितको संख्या बढ्दै जाँदा कर्णाली प्रदेशका अस्पतालहरूमा अक्सिजन अभाव समेत भएको छ ।

कर्णाली प्रदेश अस्पतालमा कोभिड १९ का बिरामीका लागि २५ वटा आइसियू बेड छुट्याइएको छ ।

यता पछिल्लो समय परीक्षण गरिएकामध्ये ८० प्रतिशतमा संक्रमण पुष्टि हुने गरेको प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन केएन पौडेलले बताउनु भयो ।

उहाँका अनुसार पछिल्लो समय कर्णाली प्रदेशमा कोरोना संक्रमण तीव्र गतिले बढेको छ । भारतलगायतका मुलुकबाट सर्वसाधारण गाउँ फर्किन थालेपछि संक्रमणको दर पनि बढ्न थालेको हो ।

प्रदेश अस्पताल सुर्खेतको आफ्नै अक्सिजन प्लान्ट भएपनि बिग्रिएका कारण नेपालगञ्जको भर पर्नुपर्ने बाध्यता रहेको छ ।पर्याप्त मात्रामा अक्सिजन नहुँदा समस्या आउन सक्ने स्वास्थ्यकर्मीहरुले चेतावनी दिएका छन् ।

कर्णाली प्रदेशमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ७ हजार ९ सय ९४ पुगेको छ ।