२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


मास्क नलगाएको भन्दै थाइल्याण्डका प्रधानमन्त्रीलाई ६ हजार भाट जरिवाना


0
Shares

एजेन्सी । थाइल्याण्डका प्रधानमन्त्री जनरल प्रयुत चान ओचालाई मास्क नलगाएको आरोपमा ६ हजार भाट जरिवाना गरिएको छ ।

थाइल्याण्डमा कोरोना खोप अभियानका बिषयमा आफनै अध्यक्षतामा आह्वान गरिएको बैठकमा प्रधानमन्त्री चान ओचाले मास्न नलगाएको भन्दै उक्त रकम बराबरको जरिवाना गरिएको हो ।

बैंककका गभर्नर अश्विन क्वांमुआंगका अनुसार प्रधानमन्त्री बिना मास्क बैठकमा सहभागी भएको भन्दै प्रहरीमा उजुरी परेपछी कारबाही गरिएको हो ।

यसअघि प्रधानमन्त्री स्वयंले थाइल्याण्डमा कोरोना महामारीका बीच मास्क नलाउने जो कोहीलाई २० हजार भाट जरिवान गर्ने नियम लागु गर्नुभएको थियो ।

थाइल्याण्डमा कोरोनाका कारण हालसम्म १ सय ४८ जनाको मृत्यु भइसकेको छ भने ५७ हजार ५ सय बढी संक्रमित छन् ।