
एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमणले बिकराल रुप लिएपछि छिमेकी मुलुक बंगालदेशले भारतसँगको सीमा सील गरेको छ ।
बंगलादेशी प्रधानमन्त्री कार्यालयले एक बिज्ञप्ती जारी गरी आज बिहान देखि १४ दिनका लागि भारतबाट बंगलादेशमा प्रवेश गर्ने नाका बन्द गरिएको जनाएको हो ।
यो निर्णयसंगै अब भारतबाट कोही पनि नागरिक बंगलादेश प्रवेश गर्न पाइने छैन भने सामानहरूको ढुवानी भने गर्न पाइने छ ।
भारतमा कोरोना महामारीका बीच भारतीय नागरिकहरु निर्वाध रुपमा बंगलादेश आवतजावत गर्न थालेपछि बंगलादेश सरकारले यो निर्णय लिएको बुझिएको छ ।
यसअघी बंगलादेशले गत अप्रिल १४ बाट भारतसँगको हवाई सम्पर्क बन्द गरेको थियो । पछिल्लो समय भारत कोरोनाको हटस्पट बन्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्