
रसुवा । रसुवाको टिमुरेमा निमार्णाधीन सुख्खा बन्दरगाहको निर्माणको काम १३ प्रतिशत मात्र सकिएको छ ।
साढे दुई वर्षमा सक्नुपर्ने सम्झौता अनुुसार सुरु गरिएको काम १५ महिना पुग्दा १३ प्रतिशत मात्र काम सकिएको हो । कोरोना संक्रमणका कारण चिनियाँ कामदार, इन्जिनियरका साथै ठेकदार समेत चीनबाट लामो समयसम्म नफर्कँदा काम रोकिएको छ ।
पहिलो चरणमा सुख्खा बन्दरगाहको स्थल सम्याउने र निमार्णमा आवश्यक समग्री जुटाउने काम बाहेक अन्य काम गर्न नसकेको निर्माण कम्पनी तिबेत फूली कन्सट्रक्सन गु्रपले जनाएको छ ।
आठ हेक्टर क्षेत्रफलमा निर्माण हुने बन्दरगाहमा एउटा पाँचतले मुख्य भवनका साथै तीन सय भन्दा बढी ट्रक तथा कन्टेनरहरू राख्न सकिने पार्किङ स्थल निर्माणसहितका काम गर्न बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्