
अर्घाखाँची । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवं नेकपा एमालेका नेता टोपबहादुर रायमाझी लाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार टेकु अस्पतालमा गरिएको परीक्षणमा पीसीआर रिपोर्ट पोजेटिभ आएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका प्रेस सल्लाकार लिला जिसीले जानकारी दिनुभयो ।
उहाँले मन्त्रीसँग सम्पर्कमा आएका सबैलाई सजक रहन र परीक्षण गर्न पनि आग्रह गर्नुभएको छ । उहाँको अहिले वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा उपचार भइरहेको उहाँको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्