१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


अस्ट्रेलियाद्वारा भारतसँगको सिधा उडान प्रतिबन्ध


0
Shares

एजेन्सी । अस्ट्रेलियाले भारतसँगको सिधा हवाई उडानमा अस्थायी प्रतिबन्ध लगाउने निर्णय गरेको छ । भारतमा कोरोना भाइरसको बढ्दो संक्रमणपछि अस्ट्रेलियाले तीन हप्ताको लागि सिधा उडान अस्थायी प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

मंगलबार अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले भारतसँगको उडानलाई १५ मे सम्मका लागि रोक लगाउने जानकारी दिनुभयो । उहाँले त्यसपछि उडान खोल्ने वा बन्द गर्ने भन्ने विषयमा पुनर्विचार गरिने बताउनुभयो ।

भारतमा दैनिक ३ लाख भन्दा धेरै कोरोना संक्रमित थपिएसँगै विभिन्न देशले भारतसँगको हवाइ उडानमा रोक लगाउँदै आएका छन् । नेपालले पनि सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयमा भारतसँगको सीमानाका बन्द गर्ने निर्णय गरेको छ ।

भारतमा अहिले दैनिक तीन लाख संक्रमित हुँदा २५ सय देखि ३ हजार भन्दा बढी मानिसकोका मृत्यु भइरहेको छ । आर्यघाटमा शव जलाउने ठाउँ नभएर फुटपाथमा शव जलाइरहेको भिडियो सामाजिक सञ्जाल र त्यहाँका टेलिभिजनहरूले देखाइरहेका छन् ।