
फाइल तस्वीर
काठमाडौं । कोरोना संक्रमण तीव्र गतिमा फैलिएपछि खोपका लागि अस्पताल चाहर्नेहरूको भीड पनि उत्तिकै बढेको छ । दोस्रो डोजको खोप लगाउनेहरू र पहिलो डोज लगाउन चाहनेहरूले विभिन्न अस्पतालहरू भरिभराऊ भएका छन् ।
वीर अस्पताल, काठमाडौं मेडिकल कलेज, प्रसुति गृह, नेपाल मेडिकल कलेज, हिमाल अस्पताल, आयुर्वेद अनुसन्धान केन्द्र कीर्तिपुरलगायतका अस्पतालहरूमा चीनमा बनाइएको भेरोसेलको पहिलो डोज दिइएकोमा ती अस्पतालहरूमा थामिनसक्नु भीड देखिएको हो ।
यी अस्पतालहरुमा भीड नियन्त्रण गर्न प्रहरी परिचालन नै गर्नुपर्ने अवस्था रहेको छ । दोस्रो डोजको खोप दिइने अस्पतालहरूमा पनि भीड उत्तिकै रहेको छ ।



प्रतिक्रिया दिनुहोस्