
प्रदिप पौडेल
पोखरा । गण्डकी प्रदेशसभामा सत्तापक्षकै सांसद्को अवरोधका कारण मंगलबारका लागि बोलाइएको बैठक स्थगित भएको छ ।
नेकपा एमालेका सांसद्को अवरोधका कारण २० मिनेटका लागि स्थगित गरिएको संसद बैठक अझै सुरु हुन सकेको छैन । सत्ता पक्षका सांसद्ले कोरोना भाइरस (कोभिड–१९) को जोखिम देखाउँदै सबै सांसदहरूले पिसीआर टेष्टको नतिजा ल्याउनुपर्ने माग गरेका छन् ।
एमालेका सांसद राजीव पहारीले प्रदेशमा अधिकांश सांसद दीर्घरोगी रहेकोले कोरोना महामारीको भयावह हुँदा सांसदहरूको पिसीआर टेष्ट नभइ संसद् सञ्चालन गर्न नहुने माग गरेका थिए ।
प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ विरुद्ध आइतबारमात्रै अविश्वासको प्रस्ताव टेलुल भएको हो । सो विषयमा छलफल हुने कार्यसूची थियो । अविश्वास प्रस्तावबारे भोलि बुधबार मतदानको कार्यतालिका थियो ।
अविश्वासको प्रस्तावमा मुख्यमन्त्री अल्पमतमा परेपछि सत्तारुढ सांसद्हरूले सरकार जोगाउनका लागि अनेक तरिका अपनाइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्