
सांकेतिक तस्वीर
सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशीमा खोलामा डुबेर एकजनाको मृत्यु भएको छ ।
दुधकोशी गाउँपालिका–४, जुबुस्थित दाम्ली खोला नजिकै साथीहरूसँग खेल्ने क्रममा खोलामा डुबेर ६ वर्षीया जेनिसा विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो ।
बालिकाको शव पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्