
सुनसरी । कोरोना भाइरसले महामारीको रूप लिएपछि सुनसरीको नेपाल भारत सीमा क्षेत्रबाट भारतीय नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको छ । सुनसरीका नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरी भारतीयलाई नेपाल प्रवेशमा रोक लगाइएको हो ।
कोराना भाइरस नियन्त्रणका लागि सीमा क्षेत्रमा भारतिय नागरिकहरूको आवागमनलाई बन्द गरिएको सशस्त्र प्रहरी बलको ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलले जानकारी दिनु भयो ।
सुनसरीको भाण्टावारी, घुस्की, लौकही, देवानगन्ज, कप्तानगन्ज, हरिनगरा बर्जु लगायतका स्थानमा प्रयाप्त सशस्त्र प्रहरी परिचालन गरी यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिनुभयो ।
सशस्त्र प्रहरीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि चौबिसै घण्टा सीमा क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरेको छ । सप्तकोसी परियोजनाका कर्मचारी बाहेक अन्य भारतीय नागरिकहरूलाई नेपाल प्रवेश बन्द गरिएको सशस्त्र प्रहरी उपरीक्षक पौडेलले जानकारी दिनुभयो ।
सीमा क्षेत्रमा लुकिछिपी भारतीय नेपाल प्रवेश गरेको पाइए उनीहरूलाई पक्राउ गरी संक्रमण ऐन अनुसार कारबाही गरिने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्