
एजेन्सी । भारतमा कोरोना संक्रमणले विकराल रूप लिएपछि छिमेकी मुलुक बंगलादेशले भारतसँगको सीमा सिल गरेको छ ।
बंगलादेशी प्रधानमन्त्री कार्यालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै १४ दिनका लागि भारतबाट बंगलादेश प्रवेश गर्ने नाका बन्द गरिएको जानकारी दिएको हो ।
बंगलादेश सरकारको निर्णयसँगै अब भारतबाट कोही पनि नागरिक बंगलादेश प्रवेश गर्न पाउने छैन । सामानको ढुवानी गर्न भने पाइने व्यवस्था गरिएको छ ।
यसअघि बंगलादेशले गत अप्रिल १४ बाट भारतसँगको हवाई सम्पर्क बन्द गरेको थियो । पछिल्लो समय भारत कोरोना संक्रमित र मृतकको संख्या बढ्दै गएको छ । त्यहाँ दैनिक ३ लाखभन्दा बढी संक्रमित र लभगग ३ हजार मानिसको मृत्यु भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्