१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कोरोनाबाट एकैदिन १८ जनाको मृत्यु


0
Shares

काठमाडौं । नेपालमा कोरोनाबाट एकैदिन १८ जनाको मृत्यु भएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको हो । यो मृत्युसँगै देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार १ सय ९४ पुगेको छ ।

साेही अवधिमा १४ हजार ६ सय ७२ जनामा गरिएकाे पीसीआर परीक्षणमा ४३ सय ६४ र १ हजार ९ जनामा गरिएकाे एन्टिजेन परीक्षणमा १ सय ६० जना गरी जम्मा ४५ सय २४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १९ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा १६ सय २, ललितपुरमा २ सय ४० र भक्तपुरमा १ सय २४ जना कोरोना संक्रमित भेटिएका हुन् ।

देशभरबाट ५ सय ५५ जना निको भएर घर फर्किँदा २६ हजार २ सय ५५ जना आइसोलेसनमा छन् । संक्रमितमध्ये आईसीयूमा ३१५ जना र भेन्टिलेटरमा ८४ जना रहेका छन् ।