१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


आईपीएलमा बैंगलोरद्धारा दिल्ली पराजित


0
Shares

एजेन्सी । इण्डीयन प्रिमियर लिग (आईपिएल) टी–ट्वेन्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले दिल्ली क्यापिटल्सलाई १ रनले हराएको छ ।

गएराति अहमदाबादमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७१ रन बनायो ।

उसका लागि दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डे भिलियर्सले अविजित ७५ रन जोडे ।

जवाफमा १ सय ७२ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७० रन मात्र बनाउन सक्यो ।

दिल्लीका कप्तान ऋषव पन्तले अविजित ५८ रन तथा शिम्रन हिटमेयरले अविजित ५३ रन जोडेपनि टोलीलाई जिताउन सकेनन् ।

बलिङतर्फ बैंगलोरका हर्सल पटेलले २ विकेट लिए । जितसँगै शीर्ष स्थानमा उक्लिएको बैंगलोरले लिगमा पाँचौं जित निकालेको छ ।

बैंगलोरले ६ खेलबाट १० अंक जोडेको छ । समान खेलमा ८ अंक जोडेको दिल्ली तेस्रो स्थानमा रहेको छ । दोस्रो स्थानको चेन्नाई सुपर किङ्ग्सको पनि समान ८ अंक छ ।

चेन्नाईले आज बेलुकी दिल्लीमा हुने खेलमा सनराईजर्स हैदरावादको सामना गर्नेछ ।