
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भारतमा कोरोना संक्रमण नियन्त्रण बाहिर गएको जनाएको छ । कोरोना विरुद्धको खोपको कमजोर वितरण प्रणालीका कारण महामारी फैलिएको डब्लुएचओले दावी गरेको छ ।
भारतमा दैनिक ३० लाख भन्दा बढी संक्रमित हुने गरेको भन्दै डब्लुएचओले तत्काल ठूलो चिकित्सा सहायताको आवश्यकता रहेको जनाएको छ ।
संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि अस्पतालहरुमा बेडको अभाव भएको छ भने मृतकको अन्तिम संस्कारका लागि घाटमा समेत शव जलाउन पालो पर्खनुपर्ने अवस्था भएको छ ।
यस्तै माग अत्यधिक भएपनि अस्पतालहरुले अक्सिजन उपलब्ध गराउन सकेका छैनन् । बिरामीको संख्या बढेसँगै समुदायस्तरमै बिरामीको उपचार भइरहेपनि पर्याप्त नभएको डब्लुएचओले जनाएको छ ।
यसैबीच अमेरिका, फ्रान्स र बेलायतलगायतका मुलुकले भारतमा अक्सिजनसहित विभिन्न उपचार सामग्री भारत पठाउन थालेका छन् । ती राष्ट्रहरुले महामारी नियन्त्रणका लागि खोपसहित विभिन्न सामग्री भारत पठाउने यसअघि नै प्रतिवद्धता जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्