२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


भारतकाे अस्पतालमा आगलागी, चारको मृत्यु


0
Shares

काठमाडौं । भारतको महाराष्ट्रमा एक अस्पतालमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ ।

महाराष्ट्रको प्राइम क्रिटिकेयर अस्पतालमा बिहान आगलागी भएको थियो । आगलागीमा परेर केही घाइते भएका छन् ।

बिरामीको अस्पतालबाट उद्धार गर्ने क्रममा जलेर चार जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आगलागी हुँदा अहाइसीयुमा ६ जनाको उपचार भइरहेको थियो । अस्पतालबाट २० जनाको उद्धार गरिएको छ । उनीहरुलाई अन्य अस्पतालमा सारिएको छ । उनीहरु कोही पनि कोरोना संक्रमित बिरामी थिएनन् ।

महाराष्ट्र सरकारले आगलागीमा मृट्युट भएकलाई पाँच लाख र घाइते भएकालाई १ लाख सहयोगको घोषणा गरेको छ ।