
कामाडौं । काठमाडौं महानगरपालिकाले विपन्न कोरोना संक्रमितको उपचारका लागि रकम निकासा गर्ने भएको छ ।
महानगरपालिकाले कोरोना नियन्त्रण तथा व्यवस्थापन गर्ने क्रममा विपन्न संक्रमित परिवारका लागि औषधि किन्न तथा अन्य व्यवस्थापकीय काममा खर्च गर्न ठूला वडालाई एक लाख रुपैयाँ, मझौला वडालाई ७५ हजार रुपैयाँ र साना वडालाई ५० हजार रुपैयाँसम्म निकासा पठाउने निर्णय गरेको छ ।
यसैगरी समुदायस्तरमा सचेतना बढाउन शिक्षकहरू परिचालन गर्ने, अक्सिजन थेरापीसहितको आइसोलेशन केन्द्र स्थापनाका लागि सहयोग गर्ने महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिनुभयो । महानगरले कोरोना संक्रमित बिरामी र अन्य बिरामीलाई अस्पताल पु¥याउन छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्