
काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा भोलीदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेपछि उपत्यका छाडेर घर फर्किनेहरुको चाप बढेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उपत्यकामा भोलीदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।
आज पनि बिहानैदेखि उपत्यका छाडेर घर फर्किनेहरुको विभिन्न चोकमा भीड लागेको छ ।
कोटेश्वर र थानकोट नाकाबाट उपत्यका छाड्नेहरुको भीड बढेको छ । त्यसबाहेक बालाजुतर्फको नाका र बल्खु नाकाबाट समेत हजारौं व्यक्ति बाहिरिएका छन् ।
केही समय अघिसम्म यात्रुविहीन गुडेका सवारी साधनले खचाखच यात्रुहरु लिएर गुडेका छन् । यसले गर्दा काठमाडौंका धेरै ठाउँमा लामो जाम समेत भएको छ ।
प्रतिक्रिया दिनुहोस्