१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोना कहर : १० जिल्लामा पूर्ण निषेधाज्ञा, ३ जिल्लामा आंशिक लकडाउन


0
Shares

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विभिन्न १३ जिल्लामा निषेधाज्ञा लगाइएको छ ।

मन्त्रिपरिषद्को निर्णयपछि जिल्ला प्रशासन कार्यालयहरुले हिजो बेलुकीसम्म अवस्था हेरेर विभिन्न १३ जिल्लामा आंशिक तथा पूर्ण निषेधाज्ञा जारी गरेका हुन् । आजसम्म १० जिल्लामा पूर्ण तथा तीन जिल्लामा आंशिक निषेधाज्ञा जारी गरिएको छ ।

गृह मन्त्रालयका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, दाङ, कैलाली, रुपन्देही, पर्सा, कास्की र सुर्खेतमा पूर्ण निषेधाज्ञा आदेश जारी गरिएको छ । कास्कीबाहेक अन्य ९ जिल्लाभर पूर्णरूपमा निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

तर, कास्कीमा जोरबिजोर लागू गरिएको छ । यसैगरी, बर्दिया, बाग्लुङ र कालिकोटमा संक्रमण अवस्था हेरेर स्थान तोकेरै आंशिक निषेधाज्ञा आदेश जारी गरिएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सीसीएमसीको सिफारिस स्वीकृत गर्दै निषेधाज्ञा जारी गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको छ । सोही निर्णयका आधारमा गृह मन्त्रालयले हिजो सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएपछि निषेधाज्ञा लगाईएको हो ।