१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अत्यावश्यक सेवा आपूर्तिका लागि उद्योग मन्त्रालयद्वारा र्‍यापिड रेस्पोन्स टिम गठन


0
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उच्चस्तरीय र्‍यापिड रेस्पोन्स टिम निर्माण गरेको छ ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले भोलीदेखि १५ दिनसम्म निषेधाज्ञा लागू गरेपछि उपभोक्तालाई अत्यावश्यक सेवाको आपूर्ति सहज पार्न र्‍यापिड रेस्पोन्स टिम तयार पारेको हो ।

मन्त्रालयले विज्ञप्ती जारी गरेर निषेधाज्ञाको समयमा आपूर्ति प्रणाली सहज पार्न सरोकारवाला मन्त्रालयका अधिकारीहरु सम्मिलित टिम बनाएको जानकारी दिएको छ ।

मन्त्रालयले निषेधाज्ञाको समयमा स्वास्थ्य सुरक्षा, खाद्य पदार्थ, दैनिक उपभोग्य सामग्रीको ढुवानी र आपूर्ति तथा त्यस्ता वस्तुहरुको उत्पादन र वितरणमा केही समस्या देखिए सम्बन्धित अधिकारीलाई सम्पर्क गर्न मोबाइल नम्बरसहित जिम्मेबार व्यक्ति तोकिदिएको छ ।

आपूर्ति व्यवस्थापनमा प्रेमकुमार श्रेष्ठ, स्थानीय प्रशासनको सहयोग तथा आवागमनको सहजताका लागि जनकराज दाहाल, कृषिजन्य तथा पशुजन्य सामाग्रीको आपूर्तिको समस्या आएमा डाक्टर श्रीराम घिमिरे, उत्पादनशील उद्योगको हकमा नारायणप्रसाद दुवाडी र वैदेशिक व्यापारको हकमा डा. नारायणप्रसाद रेग्मीलाई जिम्मेवार व्यक्ति तोकिएको छ ।