१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


निषेधाज्ञा जारीसँगै निजी तथा औद्योगिक क्षेत्र आक्रोशित


0
Shares

काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर नियन्त्रण गर्न सरकारले विभिन्न जिल्लामा निषेधाज्ञा घोषणा गरेसँगै निजी तथा औद्योगिक क्षेत्र चिन्तित भएका छन् ।

निषेधाज्ञाका कारण उद्योग सञ्चालन, उत्पादन तथा आपूर्ति व्यवस्था प्रभावित हुने भन्दै निजी क्षेत्र चिन्तित बनेको हो ।

काठमाडौं उपत्यकामा बिहीवारदेखि १५ दिनका लागि निषेधाज्ञा लगाउने घोषणा गरिएको छ ।

उपत्यका बाहिरका केही जिल्लाहरूमा पनि निषेधाज्ञा घोषणा गरिसकेको अवस्था छ ।

कोरोनाको पहिलो लहर हुँदा सरकारले १ वर्षअघि देशभर नै लकडाउन जारी गरेको थियो ।

करिब ४ महिनासम्म कायम रहेको लकडाउन र पटक–पटकको निषेधाज्ञाले औद्योगिक क्षेत्र तथा समग्र अर्थतन्त्र नै नराम्ररी प्रभावित भएको थियो ।

लकडाउनकै कारण गत आर्थिक वर्षमा अर्थतन्त्र १ दशमलव ९९ र चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ४ दशमलव ६ प्रतिशतले ऋणात्मक देखिएको छ ।

लकडाउन हटाएपछि र कोरोना विपद् सामान्य हुँदै गएपछि चालू आर्थिक वर्षको दोस्रो त्रैमासदेखि अर्थतन्त्र चलायमान हुन थालेको थियो ।

तर, अहिले कोरोना संक्रमण बढ्दै जाँदा र निषेधाज्ञा पनि जारी गर्दा अर्थतन्त्र पुनः प्रभावित हुने निजी क्षेत्रको भनाइ छ ।

सरकारले कोरोना नियन्त्रणका लागि निषेधाज्ञालाई पहिलो प्राथमिकतामा राखेको भन्दै निजी क्षेत्रका व्यवसायीहरूले असन्तुष्ट व्यक्त गरेका छन् ।

कोरोना नियन्त्रणका लागि अन्य उपाय भएपनि पहिलो विकल्पकै रुपमा निषेधाज्ञा गरेको उनीहरुको आरोप छ ।