१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


बझाङ पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा


0
Shares

डीवि विष्ट

बझाङ । स्थानीय स्वामित्व र सहभागीता पुर्ण खोप सुनिश्चितता भन्ने मुल नाराका सात बझाङलाई पुर्ण खोप शुनिश्चितता जिल्ला घोषणा गरीएको हो । केही बर्ष पहिला खोप नपाएका कारण दादुरा, रुबेला, पोलीयोजस्ता रोगले नाबालकहरुको ज्यान जाने गरेको यो जिल्लामा पछिल्लो समयमा भने बालमृत्युदरमा निकै कमी आएको छ ।

खोप नपाएकै कारण समाजमा कतीपय ब्यक्तीहरुका बंश नै नास भएको १३–१४ वटा बच्चा जन्माउदासमेत बल्ल तल्ल एक– दुईवटा बच्चा मात्रै बाँच्ने गरेको यो जिल्लामा खोप संचालनमा आएपछि मृत्युदरमा कमी आएको हो । स्वयंसेविका सानु खड्काका अनुसार खाेप लागउन थालेपछि मृत्युदरमा कमी आएकाे छ । जन्मीएदेखी २३ महिना उमेर भित्रका नब्बे प्रतिशत बालबालीकाहरुले अहिले नियमित खोप पाएका छन् ।

खोप लगाउन छुटेका बालबालीकाहरुलाई पनि खोपको पहुँचमा ल्याउन तथ्याङ्क संकलन भई रहेको खप्तडछान्ना गाँउपालिकाका स्वास्थ्य संयोजक ईश्वर भटराईले बतउनुभयो । रोजगारीमा गएका अभिभावकका बालबालिकाहरु खोप लगाउन छुट्ने गरेको र घरघरमा सचेतना अभियान नपुग्दा खोप लगाउन नमान्नेहरुको संख्या बढी भएपनि बिस्तारै सबैलाई खोपको पहुँचमा ल्याईएको स्वास्थ्य संयोजक इश्वर भट्राईको भनाई छ ।

दुर्गम भएकाले खोप बाट कोही पनि नछुटुन भन्ने उदेश्यले महिला स्वास्थ्य स्वयम् सेविका मार्फत विभिन्न सचेतना मुलक कार्यक्रम तथा घर दैलो अभियान पनि संचालनमा ल्याएइको छ । खोप नलगाएका बालबालीकाबारे जानकारी दिने व्यक्तिलाईसमेत पुरस्कारस्वरुप २ हजार रुपैयाको व्यवस्थासमेत गरीएको स्वास्थ्य कार्यलय बझाङका कार्यलय प्रमुख भानुभत्त जोशिले बताउनुभयो । बझाङ पूर्ण खोप सुनिश्चित भएसंगै अब सुदुरपश्चिम प्रदेशका कैलाली र बाजुरा जिल्ला मात्रै पुर्णखोप शुनिश्चितता जिल्ला घोषणा हुन बाँकी छन् । त्यसैले सरकारले सबै बालबालिकाका लागि ल्याएको यो अभियानलाई सबैले सहयोग गर्नु पर्ने देखिन्छ ।