
एजेन्सी । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सीडीसीले पूर्ण खोप लगाइसकेका नागरिकलाई खुला क्षेत्रमा हिँडडुल गर्दा मास्क लगाउन नपर्ने बताएको छ ।
सानो समूहमा भेला भएर पार्टी गर्न पनि सकिने र यसका लागि नयाँ मापदण्ड नै बनाएर खुला गरिएको छ ।
खोपको आवश्यक मात्रा लगाइसकेकाले एक्लै हुँदा वा खोप लगाइसकेका अन्य व्यक्तिको सानो समूहमा बस्दा मास्क लगाउन नपर्ने नयाँ मापदण्डमा उल्लेख छ ।
तर, कोठाभित्र र भीडभाडयुक्त स्थलमा अझै पनि मास्क अनिवार्य गरिएको छ ।
अमेरिकामा हालसम्म ९ करोड ५० लाख अमेरिकीले खोपको पूर्ण मात्रा लगाइसकेका छन् ।
सीडीसीको नयाँ मापदण्डप्रति राष्ट्रपति जो बाइडनले पनि खुसी व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्