३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


भारतमा एकैदिन ३२ सयको मृत्यु, ३ लाख ६० हजारमा संक्रमण पुष्टि


0
Shares

एजेन्सी । भारतमा कोरोना संक्रमणको दोस्रो लहरमा मंगलबार एकैदिन ३ हजार बढीको मृत्यु भएको छ । गएको २४ घण्टामा ३२ सय ९३ को मृत्यु भएको हो ।

यो हालसम्मकै सबैभन्दा उच्च मृत्युदर हो । भारतमा अहिलेसम्म मर्नेको संख्या दुई लाख बढी भएको छ ।

यसैगरी गएको २४ घण्टामा ३ लाख ६० हजार ९६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले भारतमा २९ लाख ७८ हजार ७०९ सक्रिय संक्रमित छन् ।