
सुनसरी । कोरोना संक्रमितको संख्या वृद्धि भएसँगै सुनसरीको इटहरी उपमहानगरपालिकामा ५० शय्याको आइसोलेशन सञ्चालन गरिने भएको छ ।
उपमहानगर कार्यपालिकाको आकस्मिक बैठकले इटहरी रंगशालामा ५० शय्याको आइसोलेशन सञ्चालन गर्ने निर्णय गरेको मेयर द्धारिकलाल चौधरीले बताउनुभयो । आइसोलेसन सञ्चालनको तयारी सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख घनश्याम सिग्देलले जानकारी दिनुभयो ।
शव व्यवस्थापनअन्तर्गत गाड्ने संस्कार भएकाको लागि इटहरी–२ स्थित जंगल र जलाउने संस्कार भएकाको लागि इटहरी–११ स्थित बुढीखोला भागलपूर पुलको उत्तरपट्टी स्थान तोकिएको छ ।
२५ जनासम्म सहभागी भएर स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पूरा गरेर मात्र अन्तिम संस्कार गर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्