
१५ वैशाख । सरकारले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको नेपाली टोलीका सदस्यलाई जनही ४ लाख रुपैयाँ दिने भएको छ ।
वैशाख ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली टोलीका २३ खेलाडीलाई जनही ४ लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो । त्यस्तै नेपाली टिमका ३ जना प्रशिक्षकलाई जनही २ लाख रुपैयाँ दिने निर्णय भएको उहाँको भनाइ छ ।
काठमाडौंको दशरथ रंगशालामा नेपाल, बंगलादेश र कीर्गिस्तानबीच त्रिदेशीय फुटबल भएको थियो । १ गोल पनि नगरी फाइनल पुगेको नेपालले फाइनल खेलमा बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । नेपालका लागि संजोग रार्ई र विशाल राईले गोल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्