
काठमाडौं । सरकारले विदेश जाने व्यक्तिको कोरोना परीक्षण सरकारी वा ‘ए’ वर्गका प्रयोशालाबाट मात्र हुने भएको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै विदेश जाने व्यक्तिहरूको परीक्षण सरकारी तथा मापदण्ड बमोजिमका अस्पतालमा आधारित ‘ए’ वर्गका प्रयोशालाहरूबाट मात्र परीक्षण हुने जनाएको हो ।
त्यस्ता प्रयोगशालाबाट परीक्षण गरिएका रिपोर्टहरूमा सम्बन्धित व्यक्तिको फोटो र बारकोड वा आईएमयू अनलाइन प्रणालीबाट नाकामै हेर्न मिल्ने व्यवस्था गरिएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जनाकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्