
काठमाडौं । नेपाल सुपर लिग फुटबलमा चितवन एफसी र बुटवल लुम्बिनी एफसीले बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको पहिलो खेलमा चितवन र बुटवलले २–२ गोलको बराबरी खेलेका हुन् । सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा चितवन बराबरीमा रोकिएको हो ।
चितवनका लागि जर्ज प्रिन्स कार्की र टेकबहादुर बुढाथोकीले गोल गर्दै चितवनलाई २–० को अग्रता दिलाए भने आशिष लामा र लक्ष्मण रुचालले गोल गर्दै बुटवललाई २–२ को बराबरीमा ल्याए । खेलमा चितवनका जर्ज प्रिन्स कार्की प्लेयर अफ दि म्याच र बुटवलका लक्ष्मण रुचाल प्रोमोसिङ प्लेयर अफ दि म्याच चुनिए ।
बराबरीसँगै पहिलो खेलमा पोखरा थन्डर्सलाई २–० ले हराएको बुटवलले २ खेलमा ४ अंक जोडेको छ । त्यस्तै पहिलो खेलमा ललितपुर सिटी एफ्सीसँग १–१ गोलको बराबरी खेलेको चितवनले २ खेलमा २ अंक जोडेको छ ।
प्रतिक्रिया दिनुहोस्