१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौंको कलंकीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु


0
Shares

काठमाडौं । काठमाडौंको कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

बा ६१ प १५३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ बुधबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कीर्तिपुर नगरपालिका–१० बाघभैरब बस्ने ५० वर्षीय राजमान महर्जन रहनुभएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल नेशनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।