१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिका फेरी सम्मृद्धीको बाटोमा हिडेको अमेरिकी राष्ट्रपति बाइडेनको दावी


0
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी संसदको संयुक्त सत्रलाई पहिलो सम्बोधन गरेका छन् । राष्ट्रपतिको रुपमा सय दिनको अवधि पूरा हुनुभन्दा अघिल्लो साँझ बाइडेनले सदनलाई संबोधन गरेका हुन् ।

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभ र माथिल्लो सदन सिनेटको संयुक्त सत्रलाई सम्बोधन गर्दै बाइडेनले आफ्नाे मुख्य नीति तथा योजनामाथि प्रकाश पारे । सय दिन शाशनको खुशीयाली मनाउन भन्दा पनि आफु अमेरिका र विश्वले भोग्नुपरेको संकट र नयाँ अवसरहरुमा बढि केन्द्रित रहेको बाइडेनको भनाई छ ।

यसैगरि उनले आर्थिक मुद्दालाई प्राथमिकतामा राख्दै पूर्वाधार विकासका लागि ल्याएको चार ट्रिलियन डलर बराबरको महत्वकांक्षी योजनामा समर्थन जुटाउने प्रयास गरे। रोजगारी सिर्जना, सामाजिक सुरक्षा, बाल स्याहार, शिक्षा तथा समताको पक्षमा आफ्नो प्रशासनले काम गरेको र त्यसका लागि राजनीतिक विचारधारा भन्दा माथि गएर सहकार्यको अपेक्षा रहेको बाइडेनले बताए ।

उनले आप्रवासनका मुद्दामा सबै विषयमा सहमत हुन नसकेपछि सहमत हुने विषयमा मिलेर काम गर्न रिपब्लिकनसँग अपिल गरे । बाइडेनले सम्बोधनको क्रममा जलवायु परिवर्तन आफ्नो प्राथमिकताको विषय रहेको पुनः दोहो¥याए ।

बाइडेनले कोभिड विरुद्धको खोप अभियान र कोभिडको प्रभावबाट ग्रस्त अमेरिकी नागरिकको जिवनस्तर एवं अर्थतन्त्र सुधारका लागि दिएको राहत प्याकेजले उल्लंख्य प्रगति हासिल गरेको बताएका छन् ।

अमेरिकाका हरेक नागरिक अहिले कोरोना खोप केन्द्रभन्दा ५ माइलको दुरीमा रहेको दावी गर्दै बाइडेनले सारा अमेरिकीलाई खोप लगाउन आव्हान समेत गरे ।