
एजेन्सी । अमेरिकाले आफ्ना नागरिकहरूलाई तत्काल भारत छाडेर स्वदेश फर्कन आग्रह गरेको छ ।
भारतमा तीव्र रूपमा कोरोना भाइरस फैलिएपछि अमेरिकाले एक एडभाइजरी जारी गर्दै आफ्ना नागरिकलाई स्वदेश फर्कन आग्रह गरेको हो ।
भारतमा कोरोना भाइरसको संक्रमण अध्याधिक बढिसकेको र मेडिकल सुविधा ध्वस्त भइसकेकाले विमान समातेर स्वदेश फर्कन भनेको हो । अमेरिका फर्कने नागरिकका लागि भारतले ४ ट्राभल नोटिकस पनि जारी गरेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडले कोरोनाबाट जुध्नका लागि मद्दत गर्ने सम्बोधनको क्रममा आफ्ना नागरिकका लागि पनि फर्कन आग्रह गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्