२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


मन्त्रालय फुटाएर ‘मनाङे’लाई मन्त्री


0
Shares

पोखरा । गण्डकी प्रदेश सरकारले स्वतन्त्र सांसद् राजीव गुरुङ ‘दीपक मनाङे’लाई मन्त्रालय फुटाएर मन्त्री बनाएको छ ।

बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक विकास मन्त्रालय फुटाएर मनाङेलाई युवा तथा खेलकुद मन्त्री बनाउनुभएको हो । गुरुङलाई प्रदेश प्रमुख अमिक शेरचनले बिहीबारै सपथ ग्रहण गराउनुभएको छ ।

राजीव गुरुङ मनाङको प्रदेशसभा ‘ख’ निर्वाचत क्षेत्रबाट नेकपा एमालेकै समर्थनमा निर्वाचन जित्नुभएको हो । मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको समयमा आफ्नो पक्ष बलियो बनाउन मन्त्रालय फुटाएर उनलाई मन्त्री बनाउन लागिएको विपक्षीको आरोप छ ।

शपथ ग्रहण कार्यक्रममा सभामुख र प्रतिपक्षी दल भने सहभागी भएका थिएनन् । यसअघि माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएपछि दुई मन्त्रालय खाली रहेका थिए । भूमि व्यवस्था कृषि तथा सहकारी र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको नेतृत्व माओवादीले गरेका थिए ।