
बागलुङ । जिल्ला अदालतले बलात्कारको प्रयास गरेको दोषी ठहर गर्दै एक युवकलाई तीन वर्ष कैद सजाय सुनाएको छ ।
१९ वर्षीया युवतीलाई डर धम्की देखाएर बलात्कारको प्रयास गरेका जैमिनी नगरपालिका–५ बिनामारेका ३२ वर्षीय लक्ष्मण भन्ने जगतबहादुर थापा क्षेत्रीलाई अदालत बागलुङले ३ वर्ष कैद सजायको फैसला सुनाएको हो ।
न्यायाधीश वासुदेव न्यौपानेको वैशाख १६ गतेको एकल इजालासले क्षेत्रीलाई कैद सहित पीडितलाई ५० हजार क्षतिपूर्ति र ८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने गरी फैसला गरेको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सुर्यप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
२०७७ जेठ २९ गते आफुलाई क्षेत्रीले बलात्कारको प्रयास गरेको भन्दै युवतीले जेठ ३२ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा जबरजस्ती करणी उद्योगमा मुद दर्ता गराएकी थिइन् । प्रहरीले क्षेत्रीलाई ३१ गतेनै उनकै घरबाट पक्राउ गरेको थियो ।
प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालय मार्फत २०७७ असार २३ गते जिल्ला अदालत बागलुङमा जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गराएको थियो ।
प्रतिक्रिया दिनुहोस्