
एजेन्सी । संयुक्त राष्ट्रसंघको जनसंख्या कोष (यूएनएफपीए) ले बेलायतको आलोचना गरेको छ । बेलायताले परिवार नियोजनसम्बन्धी कार्यक्रमलाई दिँदै आएको सहायतामा ८५ प्रतिशतले कटौती गरेको भन्दै यूएनएफपीएले आलोचना गरेको हो ।
विश्वभरका लाखौं युवती तथा महिला प्रत्यक्षरुपमा प्रभावित हुने भन्दै युएनएफीएले तत्काल निर्णय फिर्ता लिन बेलायतसँग आग्रह गरेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यस वर्ष प्रजनन तथा यौन स्वास्थ्य कार्यक्रमका लागि २११ मिलियन डलरको प्रारम्भिक प्रतिवद्धता जनाएपनि सो सहायता कटौती गरेको भन्दै युएनएफीएले चिन्ता व्यक्त गरेको हो ।
प्रजनन् तथा यौन स्वास्थ्य कार्यक्रमका लागि बेलायत सबैभन्दा ठूलो दातृ राष्ट्र हो । यस कार्यक्रमबाट विश्वका गरिब देशका लाखौं महिला र युवतीलाई गर्भनिरोधक र मातृ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
प्लान इन्टरनेशनलले युएनएफपीएलाई सहयोग गर्दा गर्भावस्था र प्रसुतीका क्रममा हजारौं महिला तथा युवतीहरुको मृत्युलाई रोक्ने जनाएको छ । त्यसैगरी बेलायतको सत्तारुढ कन्जरर्भेटिभ पार्टीले बालिका शिक्षा र नवजात शिशुको मृत्युदर सम्बन्धी घोषणापत्रको समर्थन गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्