
एजेन्सी । भारतमा अक्सिजनसँगै कोरोनाविरुद्धको खोप पनि अभाव हुन थालेको छ ।
नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले खोपको समस्या हुन थालेको भन्दै केन्द्र सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
भारतमा हरेक दिन संक्रमण दर उच्च हुँदै जाँदा खोप लगाउनेहरु धेरै भएकाले त्यसको अभाव भएको जनाएको हो ।
भारतका विभिन्न राज्यमा हाल तेश्रो चरणका खोप अभियान सञ्चालन भइरहेका बेला खोप अभाव हुन थालेको हो ।
यसैबीच भारतको मध्य प्रदेशमा यही मे १ देखि १८ वर्ष माथिका लागि नाम दर्ता गराएतापनि खोप अभावका कारण स्थगीत गरिएको छ ।
यसैगरी गुजरात, उत्तर प्रदेश, बिहार र हरियाणा पनि खोप अभावका कारण तेश्रो चरणको अभियान स्थगीत गरिएको छ ।
यसैबीच भारतबाट नेपालले खरिद गरेको १० लाख डोज आउने पनि अनिश्चित बनेको छ ।
भारतमा एकैदिन हिजो ३६ सय ४५ जनाको मृत्यु हुँदा ३ लाख ७९ हअजार २ सय बढी संक्रमित भएका छन् ।
महाराष्ट्रमा मात्रै एकैदिन ७ सय ७१ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्