१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


पहाडी क्षेत्रमा मेघ गर्जनसहित पानी पर्ने


0
Shares

काठमाडौं । आज देशका पहाडी क्षेत्रमा आशिंक बदली भएर केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेपनि बाँकी भागको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंको मौसम पनि साान्यतया सफा रहने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १३ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।

आज बिहान सूर्योदय ५ बजेर २५ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ३७ मिनेटमा हुनेछ ।