१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वीरगन्जमा थप तीन जनाको कोरोना संक्रमणबाट मृत्यु


0
Shares

corona

काठमाडौं । वीरगन्जमा थप तीन जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचार गराइरहेका दुई महिला र एक पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा वीरगन्ज नगरपालिका ३ की ४७ वर्षीय महिला, वीरगन्ज १६ की ४८ वर्षीय महिला र बाराका जितपुर सिमरका ७७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको नारायणी अस्पताल स्रोतले जाएएको छ ।

वीरगन्ज ३ की महिलालाई वैशाख १४ गते अस्पताल ल्याइएको थियो । उनको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो । उनको गएराति निधन भएको हो ।

यसैगरी वीरगन्ज १६ की महिलालाई गत वैशाख १२ गते अस्पताल ल्याइएको थियो । उनको पनि गएराति नै निधन भएको छ । त्यस्तै सिमराका पुरुषलाई वैशाख १० गते अस्पताल ल्याइएको थियो । उनको पनि गएराति नै निधन भएको छ ।