१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उदयपुरको छुट्टाछुट्टै सवारी दुर्घटनामा एकको मृत्यु २१ जना घाइते


0
Shares

उदयपुर । उदयपुरको छुट्टाछुट्टै सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन । दुर्घटनामा परेर उदयपुर गढी– १ बस्ने शिव खत्रीको मृत्युु भएको हो ।

उदयपुर गढी गाउँपालिका ७ नागबेलिबाट सदरमुकाम आउँदै गरेको जीप दुर्घना हुँदा १३ जना घाइते भएका छन् । गम्भिर ६ जना लाई उपचारकालागि विराटनगर पठाइएको छ । चालक भिमबहादुर तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरी रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै खोटाङबाट धरानतर्फ आइरहेको जिप रौतामाइ गाउँपालिका घुम्रेमा दुर्घटना हुँदा गाडी चालक सुनसरी रामधुनिका रामकुमार खत्रीसहित ८ जना घाइते भएका हुन । घाइते मध्ये गम्भीर एकजनालाई उपचारका लागि विराटनगर लगिएको छ ।