१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पर्वतमा अवैध घरेलु मदिरा नष्ट


0
Shares

पर्वत । पर्वतमा ठूलो परिमाणमा अवैध घरेलु मदिरा नष्ट गरिएको छ ।

कुश्मा नगरपालिकाका विभिन्न स्थानबाट बरामद गरिएको झण्डै ७ हजार लिटर मदिरा जिल्ला प्रहरी कार्यालयले नष्ट गरेको हो ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत प्रहरी कार्यालय पर्वत र सामुदायिक प्रहरी सेवा केन्द्रको टोलीले कुश्मा नगरपालिका २ र ७ नम्बर वडामा व्यावसायिक रुपमा उत्पादन गर्दै आएको र लुकाई राखेको मदिरा बरामद गरेको हो ।

तयारी अवस्थाको घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ गरी ७ हजार लिटर मदिरा नष्ट गरिएको प्रहरी निरीक्षक प्रदिप पौडेलले जानकारी दिनुभयो ।