
बागलुङ । बागलुङको धौलागिरि अस्पतालमा पीसीआर मेसिन जडान भएको एकहप्ता बितिसक्दा पनि स्वाब परीक्षण सुरू भएको छैन ।
जिल्लामै स्वाब परीक्षण गराउने गरी मेसिन जडान गरेपनि अस्पतालले ढिलाइ गरेको भन्दै स्थानीयले त्यसको विरोध गरेका छन् ।
केन्द्रीय प्रयोगशालाबाट परीक्षणको लागि अनुमति नआएकाले काम सुरु गर्न नसकेको धौलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर शैलेन्द्र विक पोखरेलको भनाइ छ ।
बागलुङमा कोरोना संक्रमितको संख्या दैनिक बढिरहेको छ । उनीहरुको सम्पर्कमा भएका र लक्षण देखिएर स्वाब परीक्षण गराउनेको संख्या पनि बढ्दै गएको छ ।
अस्पतालमा मेसिन तयारी अवस्थामा भए पनि स्वाब परीक्षणका लागि पोखरा पठाउनु पर्ने बाध्यता छ ।
बागलुङबाट दैनिक रुपमा दर्जनौंको स्वाब परीक्षणका लागि पोखरा पठाईने गरीएको छ ।
प्रतिक्रिया दिनुहोस्