२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


दरबन्दी अनुसार विशेषज्ञ चिकित्सक नहुँदा इलाम अस्पतालको सेवा प्रभावित


0
Shares

प्रकाश नेपाल

इलाम । नौ जना विशेषज्ञसहित १४ जना डाक्टरले सेवा पुर्याउनुपर्ने ५० शैयाको अस्पतालमा विशेषज्ञ डाक्टरहरुको अभाबमा सेवा प्रभाव चुस्त हुन सकेको छैन । जिल्लाको एक मात्र यति धेरै विशेषज्ञ डाक्टरको दरबन्दी रहेको अस्पताको रुपमा इलाम अस्पताल रहे पनि सेवाग्राहीहरुले राम्राे उपचार पाउन नसकेको हुन् ।

स्थायी रहेका डाक्टर समेत इलाम काजमा रहेका छन् उनको दरबन्दी जिल्ला बाहिर रहेको र अन्य भने छात्रवृत्तिकोटामा करार सेवामा रहेको अस्पतालका ब्यबस्थापक क्षितिज खतिवडाले जानकारी गराउनु भएको छ ।

तर यता अस्पताल ब्यबस्थापन समितिका संयोजक एबम् जिल्ला समन्य समिति इलामका प्रमुख गणेश बराल भने अस्पतालमा डाक्टर ल्याउन पहल भइरहेको बताउनुहुन्छ । विशेषज्ञ डाक्टरको अभावमा अस्पतालमा सेवा लिनआएका बिरामी सघन उपचारको लागि जिल्ला बाहिर जाने क्रम रोकिएको छैन ।

सरकारले ५० श्ययाको अस्पतालको स्वीकृति दिए पनि १४ जना डाक्टरको दरबन्दी भएको ठाँउमा सिमित केहीले मात्र काम गरिरहनुपरेको कारण अस्पताल अहिले रेफर सेन्टर जस्तो मात्र रहेको छ ।

अस्पतालमा डाक्टर र कर्मचारी गरेर ५९ जनाको स्थायी दरबन्दी भएपनि हाल २७ जना मात्र कार्यरत रहेका छन् । इलाम अस्पतालमा मानव संशोधनको हिसाबले कुरा गर्ने हो भने दुईदशक पहिले भन्दा केही पनि फरक छैन ।

इलामसहित पाँचथर, ताप्लेजुङलगायत जिल्लाका बासिन्दालाई स्वास्थ्य सेवा सहज बनाउन ठूलो भवन र शड्ढया थप गरे पनि सामान्य बिरामी हुदा पनि अन्यत्र जानुपर्ने बाध्यता छ यहाँका नागरीकहरुको ।

इलाम अस्पतालको अवस्थाले इलामे जनताकै उपहास गरिरहेको छ भने ठूला नेताहरूको गृह जिल्लामा रहेको अस्पतालको दुरवस्थाले इलामेलाई नै लज्जित बनाएको छ यतिबेला ।