१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


कोरोनाको जोखिम बढेपछि बन्दीपुर प्रवेशमा कडाई


0
Shares

तनहुँ । कोरोनाको जोखिम बढेपछि तनहुँको बन्दीपुर गाउँपालिकाले पर्यटकलाई बन्दीपुर प्रवेशमा कडाइ गरेको छ ।

अन्य जिल्लाबाट आउने पर्यटकबाट संक्रमण फैलन सक्ने भन्दै आजदेखि बन्दीपुर प्रवेशमा निषेध गरीएको हो ।

पछिल्लो समय बन्दीपुरमा पर्यटकको चाप बढ्दै गएको र पर्यटकहरु घुम्न आउने क्रम नरोकिएकाले गाउँपालिकाले बन्दीपुर प्रवेशमा रोक लगाएको हो ।

गाउँपालिकाले बसपार्क नजिक स्वास्थ्य सहायता कक्षसमेत स्थापना गरेको छ ।