१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कपिलवस्तुमा भारतबाट फर्कनेको यस्ताे भीड(फोटोफिचर)


0
Shares

कपिलवस्तु । कपिलवस्तुमा भारतबाट नेपाल फर्कने नेपालीको संख्या ह्वातै बढेको छ ।

दैनिकजसो कृष्णनगर सिमानाकाबाट मात्र दैनिक ४ सय नेपाली भारतबाट फर्कने गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुखदेव पौडेलले जानकारी दिनुभयो ।

भारतबाट आउने कतिपय नेपालीहरुको एन्टिजेन पोजेटिभ देखिएको छ । दैनिकजसो १५ जनाएमा एन्टिजेन पोजेटिभ भेटिए पनि उनीहरूको अवस्था समान्य रहेको स्वास्थयकर्मीहरूको भनाइ छ ।

पोजेटिभ भेटिएका बिरामीहरूलाई घरमै आईसोलेसनमा बस्न सुझाव दिइएको छ । खुल्ला सिमानाकाका कारण दैनिकी चलाउन सर्वसाधरण नेपाल भारत आउजाउ गरी रहेकाले कपिलवस्तुमा कोरोना संक्रमण बढ्दै गएको छ ।

कपिलवस्तुमा अहिले ३ सय २० जना सक्रिय संक्रमित रहेका छन् भने ४३ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन उमेश घिमिरेले बताउनुभयो ।