
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका छन् ।
मिर्गौला प्रत्यारोपणका क्रममा पेटभित्र राखिएको ‘स्टेन्ट’ निकाल्न आज बिहान उनी अस्पतालमा पुगेका हुन् । प्रधानमन्त्री ओलीको गत फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली १० दिनको अस्पताल बसाई पछि गत शुक्रवार अस्पतालबाट डिस्चार्ज भएको थिए ।
प्रतिक्रिया दिनुहोस्