
डीबी विष्ट
बझाङ । बझाङमा कोरोनाको जोखिम बढ्दै गएको छ । भारतबाट घर फर्र्किनेहरु सोझै समुदायका व्यक्तिसँग घुलमिन हुन पुगेका कारण कोरोना जोखिम ह्वात्तै बढेको हो ।
बझाङमा कोरोना संक्रमित मृत्यु हुनेको संख्या ४ पुगेको छ । पछिल्लो समय जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का एक ४८ वर्षिया पुरुषको मृत्यु भएको छ ।
यहाँका स्थानीय तहहरुले पनि पहिला जस्तो चाँसो नदिँदा जोखिम झनै बढ्दै गएको छ ।
एक महिनाअघि मात्र भारतबाट फर्किएका खप्तड छान्ना गाँउपालिकाका २ जनामा कोरोना पाोजेटिभ देखियो ।
हात खुट्टा दुख्ने, खोकी लाग्ने भएपछि उनी जिल्ला अस्पतालको ओपिडीमा उपचार गराउन पुगे । दुबै जनामा कोरोना चाँज गर्दा पोजेटीभ देखियो ।
विदेशबाट आउनेहरु होम आईसोलेशनमा बस्नुको साटो गाँउघरमा हिडडुली गर्ने र आफन्तसँग घुलमिल हुने गरेका कारण कोरोनाको जोखिम बढ्दो क्रममा रहेको स्थानीय बासिन्दा रुपक खड्काको अनुभव छ ।
स्वास्थ्य मापदण्डको समेत पालना कसैले नगरेको र भिडभाड बढेका कारण कोरोना संक्रमणको जोखिम बढ्दै गएको हो ।
कोरोना पोजेटीभ देखिएकाहरु समेत सार्वजनिक यातायातमा ओहोर दोहोर गर्ने गरेका छन् ।
सामान्यतया ब्यापारी तथा सेवाग्राहीहरुले समेत मास्क नलगाउने परिपाटीका कारण झन जोखिम बढेको स्थानीय गणेशराज जोशिको भनाई छ ।
अस्पतालले जटिल समस्या भएका बाहेकलाई होम आइसोलेशनमा बस्न भन्दै घर पठाउने गरेको छ ।
यहाँका स्थानीय तहहरुसँग समन्वय गर्दा स्थानीय तहहरुले कुनै पनि तयारी नगरेको र आईसोलेशन समेत नराखेका, दक्ष स्वास्थ्यकर्मी समेत नभएको गुनासो बढ्न थालेको छ ।
जिल्ला अस्पतालका कार्यालय प्रमुख डाक्टर मिलन खड्काले जटिल समस्या भएकाहरुलाई आफुहरुको निगरानीमा राखेको बताउनुभयो ।
सामान्य लक्षण भएका व्यक्तिहरुलाई स्थानीय तहहरुले निगरानीमा नराख्ने हो भने बझाङमा कोरोनाको दोस्रो लहरले भयावहरुप लिने खतरा बढ्दै गएको छ ।
चैत्र १८ गतेदेखि ३१ गतेसम्म भारतबाट बझाङ आउनेको संख्या ३ सय ३० रहेको प्रहरी कार्यलयमा तथ्याङक छ ।
तर उनीहरु कुन स्थानीय तहका हुन भन्ने कुरा भन्ने समान्य जानकारी पनि छैन । समुदाय स्तरमा नै कोरोना फैलिइसकेका कारण समस्या जटिलतर्फ जान थालेको हो ।
त्यसैले समयमा नै सरोकारवालाले चासो नदिने हो भने कोरोनाले विकराल रुप लिने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्