१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कपिलवस्तुमा कोरोना संक्रमित महिलाले बच्चा जन्माइन्, बच्चाकाे पीसीआर परीक्षण हुँदै


0
Shares

कपिलवस्तु । कोरोना संक्रमित महिलाले शल्यक्रियामार्फत बच्चा जन्माएकी छन् । चार दिन अघि कोरोना पोजेटिभ भएकी प्यूठानकी ३१ वर्षीया महिलाले कपिलवस्तु अस्पतालमा बच्चा जन्माएकी हुन् ।

उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पुगे पनि शय्या अभाव भएपछि महिलालाई कपिलवस्तु रिफर गरिएको थियो । राति १० बजे महिलाको शल्यक्रिया गरी बच्चा निकालिएको अस्पतालका डाक्टर गणेश क्षेत्रीले बताउनुभयो ।

प्रसुती गराउने समयमा कोरोना संक्रमण भएकाले उपचार चुनौतीपुर्ण भए पनि उपचार सफल भएको भएको श्रेत्रीको भनाइ छ । आमा र बच्चाको स्वास्थ्य अवस्था ठिक भए पनि कोरोना संक्रमण्का कारणले छुट्टा–छुट्टै राखिएको छ । बच्चाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको अस्पतालले जनाएको छ ।