१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


खानेपानी मन्त्री थापालाई कोरोना संक्रमण


0
Shares

काठमाडौं । खानेपानी मन्त्री मणिचन्द्र थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार गरिएको परीक्षणमा थापालाई कोरोना संक्रमण पुष्टि भएको उहाँका स्वकीय सचि राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

छोरीलाई संक्रमण पुष्टि भएपछि थापाको पनि स्वाब परीक्षण गरिएको थियो । उहाँ अहिले ललितपुरस्थित मन्त्री निवासमा आराम गरिरहनुभएको गौतमले बताउनुभयो ।

थापालाई सामान्य रुघाखोकी देखिएको छ ।