१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निषेधाज्ञा राजनीतिक अभिप्रायले गरिएको होइन– उपप्रधानमन्त्री पोखरेल


0
Shares

काठमाडौं । नेपाल सरकारका उपप्रधानमन्त्री तथा कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले निषेधाज्ञा कुनै राजनीतिक अभिप्रायले नगरिएको बताउनुभएको छ ।

निषेधाज्ञा जनताको स्वास्थ्य सुरक्षा र जीवन रक्षाको लागि भएकोले राजनीतिक उद्देश्य नहेर्न आग्रह गर्नुभएको छ । स्थानीय प्रशासनले आफ्नो आवश्यकता हेरेर कस्तो व्यवस्थापनको विधि अपनाउने हो त्यो गर्न अधिकार दिएको पनि उपप्रधानमन्त्री पोखरेलले बताउनुभयो । अहिले जनता आफैं पनि सचेत र जिम्मेवार उहाँको भनाइ छ ।

उपप्रधानमन्त्री पोखरेलले कोरोनाको अघिल्लो लहरले धेरै कुरा सिकाएर गएकाले व्यवस्थापनको काम सहज हुने बताउनुभयो । उहाँले कोरोना संक्रमणको फैलँदो अवस्थाको चेन ब्रेक गर्न अहिले निषेधाज्ञा लागू गरिएको तर्क गर्नुभयो । कोरोनासँग लड्नु सबैको साझा दायित्व भएको उहाँको भनाइ छ ।

सरकारले परिस्थितिको गम्भीरतालाई बुझेर अभिभावकीय भूमिका निर्वाह गरेको हुँदा आम नागरिकले आफ्नो जीवनसँग गाँसिएको विषयमा जवाफदेही बन्न पनि आग्रह गर्नुभयो ।