१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गायक प्रकाश सपुतलाई कोरोना पुष्टि


0
Shares

काठमाडौं । चर्चित एवं लोकप्रिय गायक प्रकाश सपुतलाई कोरोना संक्रमण भएको छ । सपुतले शुक्रबार सामाजिक सञ्जालमा आफूलाई आफूलाई कोरोना संक्रमण भएको जानकारी दिनुभयो ।

‘धेरै शरिर दुख्ने/गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाइटि फिल भएपछि मैले पीसीआर टेस्ट गरेको थिए,’ उहाँले भन्नुभयो ।

गायक सपुतले कोरोनालाई सामान्य नठान्न आग्रह गर्दै सतर्कता अपनाउन अनुरोध गरेका छन् । उहाँले भन्नुभयो, ‘कोरोना जित्न सकिन्छ भन्‍ने आत्मबल त राखौँ तर यसलाई सामान्य नठानौं । किनकी लक्षण सामान्य भए पनि यसले निकै हतोत्साही बनाउने रहेछ । सतर्कता अपनाऊँ, सुरक्षित बसौँ !’

अहिले उनी आफ्नो घरमा आइसोलेट भएको बताएका छन् ।

अन्ततः काठमाण्डौ मेडिकल कलेज ( KMC) का अनुसार मेरो पिसिआर रिपोर्ट मा कोरोना पोजिटिभ देखिएको छ । सर्वप्रथम त यो बिचमा…

Posted by Prakash Saput on Friday, April 30, 2021