२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कांग्रेस महाधिवेशन तोकिएकै समयमै हुने देउवाको दाबी


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको महाधिवेशन निर्धारित मितिमै हुने बताउनुभएको छ ।

शुक्रबार आफ्नै निवास बुढानिलकण्ठमा गरिएको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै सभापति देउवाले संविधान अनुरूप पार्टी महाधिवेशन धकेल्न नमिल्ने भएकाले महाधिवेशन गर्नुको विकल्प नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विकल्प केही छैन, नेपालको संविधान अनुसार कुनै पनि हालतमा हुनैपर्छ।’

सभापति देउवाले बैशाख १५ गतेको लागि तय भएको केन्द्रीय समितिको बैठक महामन्त्री शशांक कोइरालाको आग्रहमा स्थगित गरिएको बताउनुभयो । महामन्त्री कोइरालाले कोभिडको अवस्थाका कारण बैठक रोक्न आग्रह गरेपछि बैठक रोकिएको उहाँको भनाइ छ ।