१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘हामीसँग बहुमत छैन, जसपाले उता सहयोग गर्यो, चाहेर मात्र प्रधानमन्त्री हुन्छ त ?’


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीसँग बहुमत नभएकाले कांग्रेसको नेतृत्वमा सरकार बन्न नसकेको बताउनुभएको छ ।

शुक्रबार आफ्नै निवास बुढानिलकण्ठमा गरिएको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै सभापति देउवाले आफ्नो नेतृत्वमा वैकल्पिक सरकार बनाउने निर्णय गरे पनिसांसद संख्या नपुग्दा सरकार बन्न नसकेको बताउनुभयो ।

जसपाले साथ नदिँदा कांग्रेस र माओवादी केन्द्रको संख्याले मात्रै नपुग्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस पार्टीले आफ्नो नेतृत्वमा वैकल्पिक सरकार बनाउने निर्णय गरेको छ । तर संख्या पुग्नुपर्छ, संख्या नपुगिकन चाहेर हुन्छ त ?’

प्रधानमन्त्री हुन चाहान्छु भनेर मात्र नहुने र त्यसको लागि संख्या पुग्नुपने देउवाले स्मरण गराउनुभयो । ‘संख्या पुगेको छैन । त्यही भएर सकिएन । जसपाले उता (प्रधानमन्त्री केपी शर्मा ओलीलाई) सहयोग गरेको छ ।’

सभापति देउवाले एमसिसीबारे भ्रम फैलाइएकोमा असन्तुष्टि जनाउनुभयो । अमेरिकाले एमसिसी मार्फत सित्तैमा ठूलो सहयोग गरेको भए पनि अमेरिकी सेना आउँछ जस्ता अनेकन झुठा प्रचार गरिएको उहाँको भनाइ छ ।